धनगढी
टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा रहेका बन्दीहरुले, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी रेशम चौधरीलाई प्रमाणपत्र र सपथ दिलाउनु पर्ने सहितका तीन बुँदे माग राख्दै गरेको ९ दिन देखिको आमरण अनसन सोमबार तोडेका छन । "/>

रेशम चौधरीका सहयोगीहरुले अनसन तोडे

रेशम चौधरीका सहयोगीहरुले अनसन तोडे

केन्द्रबिन्दु
0
Shares

धनगढी
टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा रहेका बन्दीहरुले, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी रेशम चौधरीलाई प्रमाणपत्र र सपथ दिलाउनु पर्ने सहितका तीन बुँदे माग राख्दै गरेको ९ दिन देखिको आमरण अनसन सोमबार तोडेका छन ।

कारागार प्रशासन र कैदी आन्दोलन समिति बीच चार बुँदे सहमति भएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अनसरत बन्दीहरुलाई जुस खुवाएर अनसन तोडाएका हुन् । रेशम चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेछि उनलाई कैलाली कारागार पठाइएको केही दिनपछि रेशम सहित त्यहाँ रहेका राजपाका नेता लक्ष्मण चौधरी, लाहुराम चौधरी सहितका २४ जना बन्दीहरुले फागुन २० गते बेलुकी ४ बजे देखि आमरण अनसन सुरु गरेका थिए ।

उनीहरुले रेशम चौधरीलाई प्रमाणपत्र दिएर सपथ खुवाउनु पर्ने, टीकापुरको घटनालाई राजनीतिक मुद्धा मानेर सबै कैदी बन्दीलाई क्षतीपुर्ती सहित रिहा गर्नु पर्ने र थरुहट संघर्ष समितिले उठाएको सीमाकंनको मुद्धामा अधिकार सम्पन्न सीमांकन आयोग गठनको मागगर्दै आमरण अनसन सुरु गरेका थिए । आमरण अनसनमा रहेका रेशम चौधरीलाई शनिबार स्वास्थ्य अवस्था विग्रीएको भन्दै काठमाण्डौ लगिएको थियो भने अरु कैदी बन्दी कैलाली कारागारमै अनसनमा थिए । रेशमको बीर अस्पतालमा उपचार भईरहेको छ । सोमबार थारु अगुवाहरु, विभिन्न राजनीतिक दलहरुको प्रयासमा चार बुँदे सहमति गरेर अनसन स्थगित गरिएको हो ।
अन्नपूर्णबाट

Logo