काठमाडौँ
त्रिभुवन विमानस्थलमा सोमबार भएको बंगलादेशी विमान दुर्घटनामा बंगलादेशमा मेडिकल अध्ययन गरीरहेका १४ जना विद्यार्थी परेका छन् । जस मध्ये जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत १३ विद्यार्थी छन् ।
बंगलादेश स्थित नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नविन यादवले उक्त मेडिकल कलेजका १३ विद्यार्थी दुर्घटनामा परेको जानकारी दिए । उनका अनुसार एक जना विद्यार्थी भने कुमुदिनी वुमन्स मेडिकल कलेजमा अध्ययनरत हुन् । दुर्घटनामा परेका मध्ये प्रिन्सी धामी, चारु बराल र समिरा बज्राचार्यको काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्यको अवस्था प्राप्त हुन सकेको छैन ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया