त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दुर्घटनाग्रस्त भएको यूएस बंगला विमानमा यात्रारत ४९ जना यात्रुको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार २२ घार्इते यात्रुको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
१२ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ भने ५ जना घाइतेको थापाथली स्थित नर्भिक अस्पतालमा, ओम अस्पतालमा १ जना, मेडीसिटीमा १, ग्रान्डी ३ जनाको उपचार भैरहेको छ ।
आज भएको विमान दुर्घटनामा ६७ जना यात्रु सहित चालक दलका चार जना सदस्य रहेका थिए । ६७ यात्रु मध्ये ३३ जना नेपाली थिए । दुर्घटनाग्रस्त विमानबाट ३० जनाको उद्धार गरिएपनि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी पुर्यादएलगत्तै चिकित्सकले पाईलट पृथुला रसिद, चालक दलका सदस्य खवाजा हुसेन सहित ८ जनालाई मृत घोषित गरेका थिए ।





























प्रतिक्रिया