बिमान दुर्घटना अपडेट: मृतकको संख्या ३० नाघ्यो, २५ जनाको उद्धार

बिमान दुर्घटना अपडेट: मृतकको संख्या ३० नाघ्यो, २५ जनाको उद्धार

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृतकको संख्या ३० नाघेको छ  । घाइते अबस्थामा उद्धार गरिएका २५ जनाको नर्भिक अस्पताल र केएमसी सिनामंगलमा उपचार भैरहेको छ  । 

बंगलादेशको ढाकाबाट आएको युएस बंगला ७३८ एयर क्राफ्ट अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भएको हो। ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घना भएकाे हो। विमानमा रनवे मै आगो लागेको थियो भने आगलागीबाट विमान पूर्ण रुपमा क्षति भएको छ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए । त्यसमध्ये ३३ जना नेपाली हुन्  ।

Logo