काठमाडौँ
नेपालको इतिहासमै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सबैभन्दा बलियो सरकार बनेको छ । करिब ६ दशकपछि तीन चौथाइ बढी जननिर्वाचित सांसदको विश्वास मत ओली सरकारलाई जुटेको छ भने इतिहासमै सबैभन्दा बलियो जननिर्वाचित सरकार समेत बनेको छ ।
एमाले अध्यक्ष समेत रहेका ओलीले जननिर्वाचित प्रतिनिधिसभाको कुल २७५ सांसद संख्याको ७५ प्रतिशत बढी सांसदको विश्वास मत पाएसँगै नेपालको इतिहासमै सबैभन्दा बलियो र २०१५ को आम निर्वाचनपछि बीपी कोइराला नेतृत्वको सरकारपछि दुई तिहाइ सांसदको समर्थनमा बन्ने दोस्रो शक्तिशाली सरकार बनेको हो । २०१५ सालमा प्रतिनिधिसभामा नेपाली कांग्रेसले १०८ सिट मध्ये ७४ सिट हासिल गर्दै कोइराला नेतृत्वमा सरकार गठन गरेको थियो । सो सरकारमा ६८ दशमलव ५१ प्रतिशतको समर्थन थियो । तर राजा महेन्द्रले विशेष अधिकार प्रयोग गरेर १८ महिनामै संविधान र सरकार भंग गरेका थिए ।
ओली सरकारलाई भने २७५ सिट मध्ये २०८ सांसदको समर्थन जुटेको छ । उक्त संख्या ७५ दशमलव ६३ प्रतिशत हो । नेकपा माओवादी केन्द्रको समर्थनमा गत ३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिसभाको बैठकमा विश्वासको मत लिए । ओलीले राष्ट्रिय चार दल र तीन स्वतन्त्र सहित २०८ सांसदको विश्वासको मत पाए । विश्वासको मतका लागि भएको निर्वाचनमा २६८ सांसद उपस्थित भएका थिए । नेपाली कांग्रेसका ६० जना सांसदले भने विपक्षमा मतदान गरेका थिए ।
राजधानीबाट





























प्रतिक्रिया