काठमाडौँ
निजी घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने भूकम्पपीडित लाभग्राहीको संख्या ३ लाख नाघेको छ । "/>

दोस्रो किस्ताका लागि ३ लाख भूकम्पपीडितको निवेदन

दोस्रो किस्ताका लागि ३ लाख भूकम्पपीडितको निवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
निजी घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने भूकम्पपीडित लाभग्राहीको संख्या ३ लाख नाघेको छ । प्राधिकरणको सूचना संयन्त्रमा प्रविष्ट तथ्यांक अनुसार ३ लाख १ हजार ८४ भूकम्प पीडितले दोस्रो किस्ता पाउन निवदेन दिएका हुन् । पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्ड अनुसार जग तह सम्म निर्माण कार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिन सक्छन् । लाभग्राहीले निवेदन दिए पश्चात प्राविधिकले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस गर्छन् । तथ्यांक अनुसार दोस्रो किस्ताका लागि निवदेन दिएका मध्ये २ लाख ८८ हजार २३ जना लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् । बाँकी १३ हजार ६१ को पनि छिट्टै प्रमाणीकरण हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

प्रवक्ता भुसालले भने, ‘दोस्रो किस्ता लिने समयसीमा तोकिएका कारण, घर निर्माण गर्ने मौसम तथा सबै स्थानीय तह माताहत रहने गरी प्राविधिक खटाइएका कारण निजी घर पुनर्निर्माण उत्साह जनक देखिएको हो ।’ प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांक अनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकका ५१ हजार ६६ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् ।

भूकम्प अति प्रभावितका साथै कम प्रभावित जिल्लाहरूमा पनि दोस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या वृद्धि भइरहेको छ । कम प्रभावित लमजुङका ६५२, चितवनका ५०२ र नवलपरासीका २९ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् । सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ अनुसार बिहीबार सम्म ३ लाख ३८ हजार २९ घर पुनर्निर्माण भइरहेका छन् भने १ लाख १ हजार ६९४ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । राजधानी

Logo