दुर्गा पंगेनी
भनिन्छ ‘विदेश पुगेपछि झन् बढी स्वदेशको माया लागेर लाउँछ । अझ आफ्नो देशको बारेमा अरु कसैले नराम्रो भन्यो भने त झन् सही नसक्नुको पीडाबोध हुन्छ । र त्यो पीडालाई साम्य पार्न जे पनि गर्न तयार हुन्छन् मान्छे ।
हो, त्यस्तै मान्छेहरु मध्येका एक हुन् खेम चौधरी । नवलपरासी जिल्लाको सुनवल निबासी खेमलाई जन्मभूमि नेपालको औधि माया लाग्छ । १० वर्ष अगाडी बैदेशीक रोजगारीको शिलसिलामा कतार पुगेका खेम पेशाले ट्रक ड्राइभर हुन् । उनी कतारको साना ठूला सहरदेखि गल्ली गल्लीहरुमा ‘नेपाली ट्रक’ गुडाउछन् ।
ट्रक कतारी कम्पनीकै भए पनि उनले पूरै नेपालीपन झल्किने गरि सिंगारपटार गरेका छन् । त्यसो त ट्रक देख्ने जो कोहीले पनि यसलाई ‘नेपाली ट्रक’ भन्ने गरेको चौधरी बताउछन । ट्रकको अगाडि पट्टी ठूला अक्षरमा ‘बुद्ध वाज बर्न ईन नेपाल’ लेखिएको छ । उनले डिजीटल प्रिण्ट गराएर गाडीमा यसरी लगाएका हुन् ।
चौधरीले सुनवल नजिकै खैरहनी देवदह लगायत ठाँउहरु बुद्दसंग संबन्धीत ठाँउहरु नजिकै आफु जन्मिएकाले यसको प्रचार गर्न ट्रक ‘बुद्ध सन्देश’ लगाएको बताए । एसविएच कम्पनीमा कार्यरत उनले आफुले सानैदेखि बुद्ध नेपालमा जन्मेको सुन्दै पढ्दै आएको भए पनि अहिले भारतले भ्रम छरेकाले चित्त दुखेकाले यो अभियान थालेको बताए ।
भारतले नक्कली कपिलवस्तु बनाएको र बुद्धबारे भ्रामक खबर फैलाएकोमा धेरै दुख लागेको छ चौधरीलाई । ‘मेरो ट्रक कतारमा काम गर्ने दर्जनौं देशका मान्छेहरुले हेर्छन र बुद्द नेपालमा जन्मेका हुन भनेर सोध्छन ।’ उनले थपे । जवाफमा यथार्थ कुरा सुनाउन पाउँदा निकै खुसी लाग्ने उनले बताए ।
चौधरी सेनीटरी वाटर कलेक्सन गरेर ईफ्लेन्ट वाटर ट्रिटमेन्ट प्लान्टमा पुर्याउने काम गर्छन । उनी जहाँ पुग्छन ‘बुद्ध वाज बर्न इन नेपाल’ सन्देश लिएर जान्छन र छरेर आउछन ।





























प्रतिक्रिया