काठमाडौँ
झुटो विवरण पेश गरी सरकारले दिएको अनुदानको पहिलो किस्ता ५० हजार लिएर पनि घर नबनाउने भूकम्प पीडितलाई सरकारले कालोसूचीमा राखी कारबाही गर्ने भएको छ । "/>

पहिलो किस्ता लिएर घर बनाउने शुरु नगर्ने भूकम्पपीडितलाई कारबाही गरिने

पहिलो किस्ता लिएर घर बनाउने शुरु नगर्ने भूकम्पपीडितलाई कारबाही गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
झुटो विवरण पेश गरी सरकारले दिएको अनुदानको पहिलो किस्ता ५० हजार लिएर पनि घर नबनाउने भूकम्प पीडितलाई सरकारले कालोसूचीमा राखी कारबाही गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले यस्तो निर्णय गरेको हो । प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भूसालले भने रकम लिने र घर बनाउने सुरसार नै नगरेकाले उनीहरुलाई दण्डात्मक व्यवस्था गर्न लागेका हौं, हामी पनि पहिले गोरखापत्रमा सूचना निकालेर सचेत गराउँछौं ।

पछि कानुन अनुसार रकम फिर्ता गर्ने देखि कालोसूचीमा राख्ने सम्मको कारबाही हुनेछ । कालोसूचीमा परेकाले सरकारले उपलब्ध गराउने नागरिकता, पासपोर्ट लगायतका कागजात नपाउनुका साथै अन्य नागरिक अधिकारबाट बञ्चित हुने र बैंकको समेत कालोसूचीमा पर्ने उनले बताए । प्राधिकरणले दोस्रो किस्ताका लागि १२ अर्ब रुपैयाँ सम्बन्धित जिल्ला विकास समितिमा पठाइसकेको छ ।
नेपाल समाचारपत्रबाट

Logo