काठमाडौँ
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुई तिहाइको बन्ने भएको छ । "/>

ओली सरकार अब दुई तिहाइको पक्का

ओली सरकार अब दुई तिहाइको पक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुई तिहाइको बन्ने भएको छ । फोरम कार्यसम्पादन समितिको मंगलबारको बैठकले वाम गठबन्धन र फोरम बीच हुने राजनीतिक सहमतिको मस्यौदालाई अनुमोदन गर्दै फोरमले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेपछि ओली सरकार दुई तिहाइ बहुमतयुक्त बनेको हो ।

संसदमा कुल २७५ सांसद मध्ये एमाले–माओवादी केन्द्रको १७४ अर्थात् ६३ दशमलव २३ प्रतिशत सांसद छन् । संघीय समाजवादी फोरमले पनि सरकारमा जाने निर्णय गरेपछि अब ओली नेतृत्वको सरकारसँग १९० सांसद पुग्नेछन् । जुन कुल सांसदको ६९ दशमलव ०९ प्रतिशत हुन आउँछ । संसदमा दुईतिहाइ बहुमत पुर्‍याउन १८३ सांसद आवश्यक पर्छ । प्रधानमन्त्री ओलीले संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेस बाहेक अन्य ४ दललाई सरकारमा सहभागी गराई आफू नेतृत्वको सरकारलाई राष्ट्रिय सरकारको स्वरूप दिन खोजेका छन् ।

संसदमा एमाले, माओवादी, कांग्रेस, फोरम र राजपा गरी ५ वटा दलले प्रतिनिधित्व गर्नेछन् । ओली नेतृत्वको सरकारमा माओवादी सहभागी भइसकेको छ भने फोरम पनि सहभागी हुने निर्णय गरिसकेको छ । अर्को दल राजपा पनि सरकारमा जान सकारात्मक देखिएको छ । राजपा पनि सरकारमा सहभागी भए संसदमा कांग्रेस मात्रै प्रतिपक्षमा हुनेछ । फोरमको सरकारमा सहभागी हुने निर्णयपछि ओली नेतृत्वको सरकार बीपी कोइराला नेतृत्वको सरकार पछि कै दुई तिहाइको सरकार बन्नेछ ।
अन्नपूर्णबाट

Logo