सिन्धुपाल्चोक
ज्याला भूक्तानी माग गर्दै हड्तालमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ निर्माणमा संलग्न मजदुर पाँच दिनपछि काममा फर्केका छन् । "/>

पैसा पाए पछि मेलम्चीको सुरुङ निर्माणमा फर्किए मजदुरहरु

पैसा पाए पछि मेलम्चीको सुरुङ निर्माणमा फर्किए मजदुरहरु

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक
ज्याला भूक्तानी माग गर्दै हड्तालमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ निर्माणमा संलग्न मजदुर पाँच दिनपछि काममा फर्केका छन् । सुरुङ निर्माणमा संलग्न इटालीयन ठेकेदार कम्पनी सिएमसीले ज्याला दिन बिलम्ब गरेको भन्दै बुधबार साँझ देखि उनीहरु काम रोकेर हड्तालमा उत्रिएका थिए । आयोजनाको अग्रसरतामा ठेकेदार कम्पनीले सोमबार मजदुरको ज्याला भूक्तानी दिएपछि मंगलबार बिहानीको ‘सिफ्ट’बाट उनीहरु काममा फर्केका हुन् ।

‘मजदुर काममा फर्के । सुरुङ खन्न जुटिरहेका छन्,’ आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘अन्तिम चरणमा पुगेको सुरुङ निर्माण यस्तै बन्द, हड्तालले प्रभावित हुनेछ ।’ उनले जति दिन काम हुन सक्दैन, त्यति नै दिन आयोजना सम्पन्न गर्ने लक्ष्य धकेलिने बताए । बिहीबार र शुक्रबार फागुपूर्णिमा बिदा परेकाले मजदुर हड्तालका कारण तीन दिन सुरुङ निर्माण ठप्प हुन पुगेको थियो । हड्तालले झण्डै २४ मिटर सुरुङ निर्माण पछाडि धकेलिएको आयोजना प्रमुख देबकोटाले बताए । उनका अनुसार दैनिक आठ मिटरका दरले सुरुङ निर्माण हुँदै आएको छ ।

साँढे २७ किलोमिटर लामो अम्बाथान–सुन्दरीजल सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन १ सय ९० मिटर मात्र बाँकी छ । बुधबार बिहानी र दिउँसोको सिफ्ट काम गरेका मजदुर बेलुकाको समय काममा नगइ हड्तालमा उत्रिएका थिए । चाडपर्ब बाहेक शनिबारका दिन समेत तीन सिफ्टमा सुरुङ खन्ने काम हुँदै आएको छ ।
नागरिकबाट

Logo