काठमाडौँ
राष्ट्रपतिको उम्मेदवार चयन लगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक मंगलबार (आज) दिउँसो बस्ने भएको छ । "/>

एमाले स्थायी कमिटी वैठक आज बस्दै

एमाले स्थायी कमिटी वैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
राष्ट्रपतिको उम्मेदवार चयन लगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक मंगलबार (आज) दिउँसो बस्ने भएको छ । निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेकाले सो बारेमा छलफल गर्न मंगलबार दिउँसो ४ बजे बैठक बस्न लागेको पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिए । वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् ।

आजको बैठकमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा एमालेले ठोस निर्णय गर्ने बुझिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रिया, सरकार विस्तार लगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।
रासस

Logo