धनगढी
प्रदेश नं ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले कारागारमा अनशन बसेका टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई अर्को कारागारमा स्थानान्तरण गर्न सकिने बताएका छन् ।
आज मन्त्रालयमा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा प्रदेश सरकारको प्रवक्ता समेत रहेका मन्त्री शाहले कानूनलाई चुनौती दिने, सामाजिक सद्भाव खल्बल्याउने र अशान्ति हुने गतिविधि भएमा आरोपी चौधरीलाई अन्य कारागारमा स्थानान्तरण गर्न सकिने स्पष्ट पारे । कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी चौधरी टीकापुर घटना भएको झण्डै ३० महिनापछि केही दिन अघि मात्र अदालतमा उपस्थित भएका थिए । अदालतको आदेश बमोजिम कैलाली कारागारमा रहेका चौधरी सहितका टीकापुर घटनाका आरोपी २४ जना कारागारमा आइतबार देखि अनशन बसेका छन् । रासस





























प्रतिक्रिया