काठमाडौँ
संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री केपी ओलीको प्रयास लम्बिएको छ । फोरमसँग पटक–पटक वार्ता भए पनि ठोस सहमति जुट्न सकेको छैन । आइतबार पनि दुई चरणमा शीर्ष तहमै छलफल भयो । तर सहमति निस्किएन ।
सांसदहरूको शपथका कारण छलफल प्रभावित भए पनि सोमबार (आज) सम्म ठोस निष्कर्षमा पु¥याउन दुवै पक्ष घनीभूत रूपमा लागेका छन् । संविधान संशोधन गर्ने प्रतिबद्धता सहित तयार पारिएको राजनीतिक सहमतिको मस्यौदा सहित मूलतः तीनवटा विषयमा वार्ता केन्द्रित छ । सोमबार (आज) पुनः छलफल हुँदैछ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।अपराह्न संसद भवन नयाँ बानेश्वरमा पनि दुईपटक छलफल भयो । बिहान ओली सहित नेताहरूले फोरमसँग १५ मिनेट मात्रै छलफल गरेका थिए ।
दिउँसो राष्ट्रपति कार्यालयमा ज्येष्ठ सदस्य तथा अपराह्न दुवै संसद्का सदस्यको शपथ सकिएपछि संसद भवन स्थित प्रधानमन्त्री ओलीको कार्यकक्षमा तीन नेता बीच करिब एक घन्टा छलफल भयो । ‘उहाँहरू बीच छलफल भएको छ । छलफल छिटै सकारात्मक निष्कर्षमा पुग्ने दिशातिरै अघि बढिरहेको छ,’ फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया