काठमाडौं
वैदेशिक रोजगारीमा खाडी मुलुक जाने नेपाली कामदार माथि १० डलर आर्थिक भार थप भएको छ । बिहीबार देखि गल्फको–अपरेसन काउन्सिल (जीसीसी) ले नेपालबाट साउदी, ओमन र बराइन जाने कामदार माथि सेवा शुल्कको नाममा आर्थिक भार थप गरेको हो । जीसीसीले अनलाइन पेमेन्ट जारी गर्दै कामदार माथि आर्थिक भार थप्ने निर्णय गरेको हो । जीसीसीले नेपाल, इन्डोनेसिया र श्रीलंकामा लामो समय देखि सञ्चालन गर्दै आएको गाम्का नेपालको खारेज गर्दै सर्भिस चार्जको नाममा कामदार माथि आर्थिक भार थप गराएको हो ।
नयाँ नियम लागू भए सँगै यी देश जाने कामदारलाई मेडिकलका नाममा थप सास्ती समेत सिर्जना हुने भएको छ । अब यी देश जाने कामदारले मेडिकलका लागि अनलाइन फारम भरेर क्रेडिट कार्ड मार्फत १० डलर शुल्क भुक्तानी गर्नु पर्नेछ । कामदार माथि आर्थिक भार थप्नकै लागि जीसीसीले गाम्काको खारेजी गरे पनि यी देश जाने कामदारको स्वास्थ्य परीक्षणका लागि भने पुरानै मेडिकल कम्पनी स्वीकृति दिएको छ । त्यस्ता मेडिकल कम्पनी १२ वटा छन् ।
यी मुलुक जाने नेपाली कामदारसँग ५५ सय रुपैयाँ लिएर गाम्काले स्वास्थ्य परीक्षण गर्दै आएका छन् । अब यी देश जान मेडिकल गर्नुपूर्व १० डलर क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गर्नु पर्नेछ । भुक्तानी भएको स्लिप भएपछि मात्र कामदारले मेडिकल गर्न पाउँछन् । अनलाइन भुक्तानी म्यानपावर कम्पनी, कामदार वा जुनसुकै संस्थाले गर्न सक्नेछन् । यी देश जाने नेपाली कामदारले अनलाइन सम्पर्कका लागि (सेवा शुल्क बापत) थप १० डलर तिनु पर्ने भएको गाम्का नेपालका सदस्य जुवेर खानको दाबी छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया