काठमाडौं
ललितपुरको फूलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा गएका ललितपुरकै अर्का एक विद्यार्थी शुक्रबार हराएका छन् । "/>

शैक्षिक भ्रमणमा गएका विद्यार्थी बाटो बाटै गायब !

शैक्षिक भ्रमणमा गएका विद्यार्थी बाटो बाटै गायब !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
ललितपुरको फूलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा गएका ललितपुरकै अर्का एक विद्यार्थी शुक्रबार हराएका छन् । ललितपुरको बागमती गाउँपालिका ३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा कक्षा पाँचमा पढ्ने बुद्धबहादुर थिङ काठमाडौंको स्वयम्भूबाट हराएका हुन् । यो स्कुल सरकारी हो । छाउनी स्थित संग्रहालय अवलोकन सकेर स्वयम्भू भ्रमणमा गई फर्कने क्रममा थिङ हराएको विद्यालयका प्रधानाध्यापक सीताराम चौरेलले बताए । उनका अनुसार विद्यालयले कक्षा चार देखि आठ सम्म अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहित ५९ जनालाई स्वयम्भू भ्रमणमा लगेको थियो । उक्त विद्यालयमा कक्षा आठ सम्म मात्र पढाइ हुन्छ ।

‘सुरुमा छाउनी संग्रहालयको भ्रमण सक्यौं । त्यसपछि स्वयम्भू गयौं । त्यहाँको पनि भ्रमण सकेर बस चढ्ने बेला विद्यार्थी गणना गर्दा थिङलाई देखेनौं’, प्रधानाध्यापक चौरेलले भने, ‘सँगै घुम्न गएका अरू विद्यार्थीसँग कुरा गर्दा स्वयम्भूको टापुमा रहेको पानीको तालमा सिक्का फाल्ने ठाउँ सम्म उनी साथैमा रहेको जानकारी पायौं तर अलि तल आएर बस चढ्ने बेला देखेनौं ।’

स्वयम्भूको टुप्पोबाट तल ओर्लनका लागि धेरै बाटो रहेकाले बाटो बिराएर थिङ हराएको हुन सक्ने विद्यालयले अनुमान गरेको छ । थिङ हराउने बित्तिकै शिक्षकहरूले बालबालिका खोजतलास केन्द्र र प्रहरीलाई खबर गरेका थिए । बच्चा हराएको दिउँसो चार बजेतिर थाहा पाएपछि उनीहरूले प्रहरीलाई साँढे चार बजेतिर खबर गरेका थिए । केही बेर आफैँ खोजबिनमा लाग्दा पनि विद्यार्थी फेला नपरेपछि उनीहरूले अभिभावकलाई पनि खबर गरिसकेका छन् ।
अन्नपूर्णबाट

Logo