काठमाडौं

पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुई दिने नेपाल भ्रमणका शिलसिलामा सोमबार नेपाल आउँदै छन् । "/>

सार्क सम्मेलनको माहोल बनाउन पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै

सार्क सम्मेलनको माहोल बनाउन पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुई दिने नेपाल भ्रमणका शिलसिलामा सोमबार नेपाल आउँदै छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन आउने अब्बासीले ओली सहित अन्य शीर्ष दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । ‘प्रधानमन्त्री नेपाल आउने निधो भएको छ, भ्रमणको विस्तृत कार्यतालिका केहि दिनमा सम्ममा आइसक्छ’–काठमाडौं स्थित पाकिस्तानी दूतावासका एक अधिकारीले भने ।

अवरुद्ध दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) सम्मेलन र सम्मेलनको नयाँ मिति तय गर्न उनको भ्रमण केन्द्रित हुने ती अधिकारीले बताए । यसै वर्ष (सन् २०१८) भित्र आफ्नो मुलुकमा सार्क सम्मेलन सम्पन्न गराउने प्रयास स्वरुप प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र भएकाले अब्बासीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै छन् । यस अघि सन् २०१६ नोभेम्बर ९ र १० तारिखका लागि पाकिस्तानमा तय भएको सार्कको १९ औं सम्मेलन भारत–पाकिस्तान सम्बन्धका कारण स्थगित भएको थियो । १९ औं सम्मेलनका लागि आफ्नो मुलुक प्रतिवद्ध रहेको पाकिस्तानले बताउँदै आएको छ ।
नेपाल समाचारपत्रबाट

Logo