वीरगन्ज
भित्र्याउनै लागेको बाली जंगली जनावरले खाइदिने गरेपछि आजित बनेका किसानले धान, मकैको विकल्पमा सुर्तीखेती रोजेका छन् । पर्सा र चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट मानव बस्तीमा प्रवेश गर्ने हात्ती, बँदेल, नीलगाई लगायत जंगली जनावरको उपद्रोबाट आजित बनेका पर्साको ठोरी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकाका किसानले धान र मकैको विकल्पमा सुर्ती खेती रोजेका हुन् । धान र मकै भन्दा लागत कम र आम्दानी बढी हुने गरेका कारण पनि नगदेबालीका रूपमा रहेको सुर्ती खेतीतर्फ किसानको आकर्षण बढेको हो ।
‘धान, मकै, गहुँ वा तरकारी लगाउँदा जंगली जनावर चरेर र माडेर सखाप पारिदिन्छन्, पाक्नै लागेको बाली पनि भित्र्याउन पाइँदैन’, ठोरी गाउँपालिकाको सुवर्णपुरकी कृषक विष्णु अधिकारीले भनिन्, ‘सुर्ती लगाइएको खेतमा जंगली जनावर पनि त्यति पस्दैनन् । धान, मकै र तरकारीबालीको भन्दा यसमा लगानी पनि कम लाग्छ, नाफा पनि बढी नै हुन्छ त्यसैले हाम्रा लागि सुर्ती खेती गतिलो विकल्प बनेको छ ।
‘एक कठ्ठामा राम्रोसँग खेती ग¥यो भने डेढ क्विन्टल सम्म सुर्तीको तयारी पात उत्पादन हुन्छ’, अधिकारीले भनिन्, ‘एक क्विन्टल पात १४ देखि १६ हजार रुपैयाँ सम्ममा बिक्री हुन्छ, एक वर्षमा दुई सिजन गरी यसको खेती गर्न सकिन्छ । लागत कम र आम्दानी बढी हुँदै आएका कारण सुवर्णपुरका साथै छिमेकको महादेवपट्टी र निर्मलबस्तीका किसानको आयआर्जनको मुख्य श्रोत नै सुर्ती बनेको अधिकारीले बताइन् । धान, मकै र गहुँजस्ता परम्परागत बालीभन्दा लगानी कम मुनाफा बढी हुने गरेको र किसानले उत्पादन गरेको सुर्तीको पात सूर्या नेपाल टोबाको प्रालिले खरिद गरिदिने ग्यारेन्टी भएका कारण पर्सामा बर्सेनि सुर्ती खेती गर्ने किसानको संख्यामा वृद्धि हुँदै गएको कृषकहरुले बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया