काठमाडौं
सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी अगाडि बढाएका छन् । "/>

आइतबार मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना

आइतबार मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी अगाडि बढाएका छन् । दुई दलले संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागी गराएर सम्भव भए आइतबार नै सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । तीन दल बीच संविधान संशोधनमा सहमति गर्दै सरकारमा सहभागी हुने विषयमा हस्ताक्षर गर्ने तयारीका साथ शनिबारका लागि बैठक बोलाइएको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

सत्तारुढ दल र फोरम बीच बिहीबार नै सहमतिमा हस्ताक्षर गर्ने र फोरम सरकारमा सहभागी हुने बताइएको थियो । तर फागु पर्वमा नेताहरू व्यस्त बनेपछि तीन दलबीच बिहीबार थप छलफल हुन सकेन । बैठकमा फोरमले पार्टी भित्र सल्लाह गर्न बाँकी रहेको बताएपछि तीन दल बीच शनिबार पुनः बैठक बसेर टुंग्याउने समझदारी भएको छ । ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादव दुवै जना अलिक हतारमा हुनुहुन्थ्यो, अध्यक्ष यादवले पार्टी भित्र पनि गृहकार्य गर्ने बताए पछि शनिबार पुनः बैठक बसेर सहमति जुटाउने समझदारी भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो । प्रधानमन्त्री निवास बालुवाटारमा ओली, माओवादी अध्यक्ष दाहाल र फोरम अध्यक्ष यादवबीच छलफल भएको थियो ।
राजधानीबाट

Logo