दार्चुला
आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीयवासी चमेलिया जलविद्युतको विद्युत गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् । "/>

चमेलिया जलविद्युत आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

चमेलिया जलविद्युत आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशन

केन्द्रबिन्दु
0
Shares

दार्चुला
आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीयवासी चमेलिया जलविद्युतको विद्युत गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् । चमेलिया जलविद्युत आयोजनाले निर्माण कार्य शुरु गरे देखि नै आफूहरुसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरु आमरण अनशनमा बसेका हुन् । सो ठाउँका स्थानीयहरु खानेपानी मूल संर्घष समिति गठन गरेर आमरण अनशनमा बसेका हुन् । संघर्ष समितिले आयोजना निर्माणका क्रममा सुकेका खानेपानी र सिँचाइको स्थायी र दीर्घकालीन समाधान गर्नु पर्ने, आयोजनाबाट प्रत्यक्षरुपमा विस्थापित शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र बैतडीको डिलाशैनी गाउँपालिका भरिमा निःशुल्क विद्युतको व्यवस्था गर्नु पर्ने, चालु आर्थिकवर्ष भित्र दार्चुला र बैतडी जिल्लालाई विद्युत भार कटौती मुक्त जिल्ला घोषणा गर्नु पर्ने माग राखेको छ ।

यस्तै बाँध स्थल देखि टेलरेस सम्म चमेलियामा पानी छोड्नु पर्ने, आयोजना निर्माणका क्रममा भएको भ्रष्टाचारको छानबिन गरी दोषी माथि कारबाही गर्नुपर्ने र स्थानीयसँग आयोजनाले गरेका सम्झौता तत्काल कार्यान्वय गर्नु पर्ने माग राखेका छन् । फागुन ११ गते संर्घष समितिले एक अपिल जारी गर्दै आयोजनासँग उक्त माग राखेको थियो ।

आयोजनाले आफूहरुका जायज मागलाई कुनै वास्ता नगरेका कारण आमरण अनशन बस्नु परेको खानेपानी मूल संर्घष समितिका सचिव सुरेन्द्र तितराले जानकारी दिए । संर्घष समितिका अध्यक्ष शंकर खडायत, सचिव सुरन्द्र तितरा तथा समितिका सल्लाहकार सदस्य परमानन्द खडायतले बिहीबारबाट आमरण अनशन शुरु गरेका छन् । चमेलिया विद्युत गृहको सुरक्षा र काममा बाधा नपर्ने गरी स्थानीय प्रशासन सुरक्षा निकायमा जानकारी गराइ आफूहरुले वडा नम्बर १ को नवनिर्मित भवनको प्रांगणबाट अनशन शुरु गरेको समितिका अध्यक्ष शंकर खडायतले जानकारी दिए ।
रासस

Logo