राजविराज
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनाव ग्रस्त भएको छ । "/>

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्युः स्थानीयद्वारा अस्पताल तोडफोड

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्युः स्थानीयद्वारा अस्पताल तोडफोड

केन्द्रबिन्दु
0
Shares

राजविराज
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनाव ग्रस्त भएको छ । राजविराज–भारदह सडकखण्ड अन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ । सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका–१ पिप्राहीकी २५ वर्षीया अनिता यादवलाई दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो ।

शुरु देखि नै चेकजाँच गर्दै आएका डाक्टर दिलीप साहले नै अनितालाई अस्पताल भर्ना गर्न सल्लाह दिएका थिए । तर व्यथा चर्किंदै गएपछि डाक्टरले वास्ता नगरेको र अस्पतालले पनि सहयोग नगर्दा आफ्नी पत्नी र बच्चा दुवैको मृत्यु भएको मृतकका पति रमेश यादवले आरोप लगाएका छन् ।

आक्रोशित स्थानीयले अस्पताल घेराउ गर्दै डा. दिलीप साहको क्लिनिकमा रहेको बोर्डमा आगो लगाएका छन् । लापर्बाही गर्ने डाक्टरलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले बिहीबार दिनभरि अस्पताल परिसरमा नाराबाजी गर्दै राजविराजको मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । डाक्टर नै नआएपछि बच्चाको टाउको बाहिर निस्केको अवस्थामा राति करिब १ बजे अनिता र बच्चा दुवैको मृत्यु भएको पनि यादवले आरोप लगाए ।

मृतकका चार वर्षीय छोरा आकाश र दुई वर्षीया छोरी सरस्वती छन् । यता अस्पतालमा भएको घटनाको वास्तविकता पत्ता लगाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवको संयोजकत्वमा ११ सदस्यिय छानबिन समिति गठन गरिएको छ । छानबिन समितिमा उपमेयर साधना झा, अस्पताल विकास समितिका अध्यक्ष डा चिरञ्जीवीलाल देव, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञान बहादुर बस्नेत, राजनीतिक दलका प्रतिनिधि रहेका छन् ।
रासस

Logo