काठमाडौं
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले फेरि ३९ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । यसअघि पहिलो चरणमा गत २४ पुसमा ४६ वटा स्थानीय तहको नाम र केन्द्र हेरफेर गरिएको थियो । देशभर कुल ७५३ स्थानीय तह छन् । मन्त्रालयले नाम र केन्द्र परिवर्तन भएको स्थानीय तहको सूची सार्वजनिक गरेको छ । कुनैको नाम, कुनैको केन्द्र र कुनैको दुवै परिवर्तन गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा ४ को उपदफा ५ अनुसार स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो ।
जसमा गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिना भित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट एकपटकका लागि स्थानीय तहको नाम, केन्द्र वा दुवै परिवर्तन गर्न सकिने व्यवस्था छ । गाउँ तथा नगरसभाबाट नाम, केन्द्र वा दुवै परिवर्तनका लागि प्रस्ताव पारित गरी सरकारलाई सिफारिस गरिएको खण्डमा सरकारले सो सिफारिस अनुसार गाउँ तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तनको घोषणा गर्नु पर्ने कानुनी व्यवस्था छ । मन्त्रालयका संघीय मामिला शाखाका अधिकृत दुर्गा दाहालले गाउँ तथा नगरसभाले सिफारिस गरे अनुसार ३९ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको बताइन् ।
राजधानीबाट





























प्रतिक्रिया