काठमाडौं
काठमाडौंमा ट्राफिक नियम उल्लंघन गर्ने ११ सय ३ वटा सवारी कार्वाहीमा परेका छन् । होलीलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्न खटीएको ट्राफिकले विभिन्न प्रकारका नियम उलंघन गरेका सवारी कार्वाहीमा परेको जनाएको छ । "/>

एकै दिन राजधानीमा ११ सय ३ वटा सवारी साधन कार्वाहीमा

एकै दिन राजधानीमा ११ सय ३ वटा सवारी साधन कार्वाहीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
काठमाडौंमा ट्राफिक नियम उल्लंघन गर्ने ११ सय ३ वटा सवारी कार्वाहीमा परेका छन् । होलीलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्न खटीएको ट्राफिकले विभिन्न प्रकारका नियम उलंघन गरेका सवारी कार्वाहीमा परेको जनाएको छ । ट्राफिक प्रबक्ता उमेश रञ्जीतकारले दिएको जानकारी अनुसार कागजपत्र नभएका ३ सय ५१, हेल्मेट नलगाएका ७५, मापासे गरी सवारी चलाएका ८३, तिब्र गतिमा सवारी चलाएका ३२ र ३ जना सवार भएका १२५ जना कार्वाहीमा परेका छन् ।

त्यसैगरी होलीको अवसरमा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने ३ सय ४५ लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ११ जना महिला र ३३४ जना पुरूष रहेका प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । होलीलाई मर्यादीत र सुरक्षित बनाउनको लागि राजधानीमा १ सय ६ वटा प्रहरी टोली, २० वटा मोबाइल टोली र थप १५ सय प्रहरी परिचालन गरिएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo