काठमाडौं
सिरियामा हालै भएको हिंसात्मक आक्रमणमा निर्दोष नागरिक र बालबालिकाको मृत्यु भएकामा विभिन्न संस्थाले दुःख व्यक्त गरेका छन् । बालअधिकार कार्यरत संस्थाहरुको सञ्जाल नेपाल, बालबालिका शान्ति तथा बाल संरक्षण राष्ट्रिय अभियान, प्रगतिशील लेखक संघ लगायतले आज विज्ञप्ति जारी गरी सो घटनाको निन्दा गरेका हुन् । घटनामा करिब ५०० भन्दा बढी नागरिक (करिब १५० बालबालिकाहरु) को मृत्यु भएको थियो ।
घटनाले संयुक्त राष्ट्र संघले जारी गरेको अन्तर्राष्ट्रिय कानूनहरु मध्ये मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र तथा बालअधिकार महासन्धिले हरेक नागरिक तथा बालबालिकाको भय रहित बाँच्न पाउने अधिकारलाई हनन गरेको पाइएको हुँदा राष्ट्रसंघले यस घटनालाई गम्भीरताका साथ लिई यथाशीघ्र आवश्यक पहल गरिदिन साथै द्वन्द्वको अन्त्य गरी स्थायी शान्तिका लागि पहल गर्न माग गरिएको छ ।
रासस





























प्रतिक्रिया