काठमाडौं
काठमाडौं प्रहरीले होलीमा जथाभावी लोला हान्ने २७ जनालाई नियन्त्रणमा लिएको छ । परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार काठमाडौंको कालिमाटी क्षेत्रबाट २० जना, गंगबुबाट २ जना र बाफलबाट ५ जना पक्राउ गरेका छन् । "/>

कागजपत्र विना चलाइएका डेढ सय वटा सवारी प्रहरी नियन्त्रणमा

कागजपत्र विना चलाइएका डेढ सय वटा सवारी प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
काठमाडौं प्रहरीले होलीमा जथाभावी लोला हान्ने २७ जनालाई नियन्त्रणमा लिएको छ । परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार काठमाडौंको कालिमाटी क्षेत्रबाट २० जना, गंगबुबाट २ जना र बाफलबाट ५ जना पक्राउ गरेका छन् ।

पक्राउ परेकाहरु माथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले होलीलाई मर्यादित र सभ्य बनाउन उपत्यकाको १ सय ६ ठाउँमा प्रहरी टोली परिचालन गरेको छ भने २० वटा मोवाइल टोली खटाएको छ । होलीमा नियम विपरित चलाइएका १ सय ५० वटा सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ओभरलोड बोकेका , मादक पदार्थ सेवन गरेका र कागजपत्र विना कुदाइएका सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Logo