काठमाडौँ
मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी भए यता सात वर्षको अवधिमा २ लाख ३१ हजार २२७ पासपोर्ट हराएका छन् । "/>

कसरी हराए सात वर्षमा दुई लाख ३१ हजार पासपोर्ट ?

कसरी हराए सात वर्षमा दुई लाख ३१ हजार पासपोर्ट ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी भए यता सात वर्षको अवधिमा २ लाख ३१ हजार २२७ पासपोर्ट हराएका छन् । यो तथ्यांक सरकारी रेकर्डमा आएको मात्र हो, हराएका पासपोर्टको वास्तविक संख्या अझ बढी हुन सक्छ । हराएका पासपोर्ट कसैले दुरुपयोग गर्न नसकून भनेर सरकारले यसको जानकारी प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’ लाई गराएको छ ।

‘सन् २०११ देखि २०१८ को जनवरी सम्म २ लाख ३१ हजार २२७ जनाले आफ्नो पासपोर्ट हराएको भन्दै नयाँ पासपोर्ट लिएका छन्,’ परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने, ‘हराएका पासपोर्टमा पुराना हस्तलिखित र नयाँ मेसिनले पढ्न सक्ने दुवै छन् ।’ राहदानी विभागले सन् २०१० डिसेम्बर २६ बाट एमआरपी जारी गर्न थालेको हो । त्यसयता २०१८ को जनवरी सम्म विभागले ५२ लाख ८ हजार २१३ एमआरपी जारी गरिसकेको छ । विभागको तथ्यांक अनुसार जारी मध्ये करिब साँढे ४ प्रतिशत पासपोर्ट हराएको देखिन्छ ।

‘अन्य देशमा यति ठूलो संख्यामा पासपोर्ट हराउँदैन । विकसित देशले त पासपोर्टलाई सरकारी सम्पत्तिको मान्यता दिएका हुन्छन् । यसले पासपोर्टको महत्त्व कति हुन्छ भन्ने देखाउँछ । हामीकहाँ पासपोर्टको महत्त्व बुझाउन सकिएको छैन,’ महानिर्देशक खड्काले भने ।

पासपोर्ट हराउने मध्ये धेरैले यसको जानकारी नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको राहदानी विभागमा गराएको देखिन्छ । त्यसपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा पासपोर्ट हराएको जानकारी गराएका छन् । पछिल्लो ७ वर्षमा १ लाख ७ हजार ८८३ जनाले विभाग, ९९ हजार ४१ जनाले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र २४ हजार ३ सय ३ जनाले विदेशस्थित नेपाली नियोगमा आफ्नो पासपोर्ट हराएको जानकारी गराएका छन् ।
नागरिकबाट

Logo