काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ । "/>

विप्लव पार्टीको कडा विज्ञप्ति : प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं

विप्लव पार्टीको कडा विज्ञप्ति : प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ । माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी मंगलबार मात्र सार्वजनिक भएपछि बुधबार विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो ।

विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेको विज्ञप्तिमा विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिइएको छ । ‘ओली सरकारले ‘चोरलाई चौतारा र साधुलाई सुली’ गर्ने हो भने जनयुद्धमा अपराधी सावित भएका जन अपराधीलाई अहिले संचालन भइराखेको जनसत्ताको जनअदालतले कारबाहीको शुरुवात गर्नेछ । सबैभन्दा पहिला जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्ने छ’, विज्ञप्तिमा भनिएको छ, ‘१० वर्षको जनयुद्ध, यसका उपलब्धि, हजारौं जनयुद्धका सहिदको रगत र नेपाली क्रान्तिविरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनता विरुद्ध साम्राज्यवादीको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ ।’
अन्नपूर्णबाट

Logo