काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, ०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपाली बीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताएकि छिन् । "/>

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट होलीको बेग्ला बेग्लै शुभकामना

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट होलीको बेग्ला बेग्लै शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, ०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपाली बीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताएकि छिन् ।

जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुशी र हर्षोल्लासपूर्वक रंगमा रमाएर यस पर्व मनाउने गरेको उल्लेख गर्दै उनले यस महान पर्वले सबै नेपालीमा खुशीका रंग छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गरोस भन्ने कामना गरेकी छिन् । उनले सबै नेपाली बीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना समेत व्यक्त गरेकी छिन् ।

यसै अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले वसन्त ऋतुको आगमनसँगै आउने यस पर्वले नेपाली समाजलाई एक सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गरेका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली प्रति शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपाली बीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
रासस

 

Logo