काठमाडौं
एमाले स्थायी कमिटी बैठकले सरकारमा जाने मन्त्रीको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । तर अहिले सम्म टुंगो लागेको छैन । "/>

एमालेलाई मन्त्रीको नाम टुंगो लगाउन सकसः माओवादीले भने टुंग्यायो

एमालेलाई मन्त्रीको नाम टुंगो लगाउन सकसः माओवादीले भने टुंग्यायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
एमाले स्थायी कमिटी बैठकले सरकारमा जाने मन्त्रीको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । तर अहिले सम्म टुंगो लागेको छैन । मन्त्रीको विषयमा नेता माधव नेपालसँग ओलीले छलफल गर्दै आएका छन् ।

एमालेबाट अब बढीमा ६ जना मन्त्री बन्न सक्छन् । फोरमलाई एक दिए पाँचजना मात्रै मन्त्री बन्नेछन् । तर आकांक्षी धेरै हुनाले एमालेलाई मन्त्रीको नाम टुंगो लगाउन सकस भएको छ । प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट र छविलाल विश्वकर्मा प्रमुख दाबेदार देखिन्छन् । यसैगरी भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, वसन्त नेम्वाङ, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, शेर बहादुर तामाङ, गोकुुल बाँस्कोटा, जगत विश्वकर्मा, प्रेम आले, नारदमुनि राना, राजेन्द्र गौतम लगायत डेढ दर्जन भन्दा बढी मन्त्रीको दौडमा छन् ।

यता माओवादीले भने सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । उसको भागमा परेका सात मध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo