जाजरकोट
जाजरकोटको उत्तरपूर्वी क्षेत्रको बारेकोट गाउँपालिकामा खाद्य संकट चुलिएको छ । फागुनको पहिलो सातादेखि नै बारेकोटमा खाद्यान्न अभावले संकट चुलिएको हो । "/>

जाजरकोटमा चरम खाद्य संकट

जाजरकोटमा चरम खाद्य संकट

केन्द्रबिन्दु
0
Shares

जाजरकोट
जाजरकोटको उत्तरपूर्वी क्षेत्रको बारेकोट गाउँपालिकामा खाद्य संकट चुलिएको छ । फागुनको पहिलो सातादेखि नै बारेकोटमा खाद्यान्न अभावले संकट चुलिएको हो । गाउँमा पुरानो अन्न सकिएको र नयाँ नपाकेको अवस्थामा संकटले भोकमरीको रूप लिएको छ ।

कर्णालीको जुम्ला र डोल्पासँग सिमाना जोडिएकोे बारेकोटमा हरेक वर्ष यही समयमा खाद्यान्न संकटले भोकमरी फैलने गरे पनि समाधानको कुनै उपाय खोजिएको छैन । यतिबेला खाद्य संकट परिरहेको बारेकोटमा अधिकार सम्पन्न स्थानीय सरकारले समेत कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ । ‘खाद्य संकट चुलिँदै गएको छ तर स्थानीय सरकार कानमा तेल हालेर बसेको छ,’ स्थानीय माओवादी केन्द्रका नेता नर बहादुर गिरी (निशान) ले भने, ‘जनता भोकमरीको चपेटामा पर्दै छन्, स्थानीय सरकार सदरमुकामबाट चलाइएको छ ।’

त्यस क्षेत्रको घाट स्थित नेपाल खाद्य संस्थानको खाद्य डिपो महिनौं देखि रित्तै छ । यस वर्षका लागि निर्धारित कोटा हजार क्विन्टल सरकारी अनुदानको चामल ढुवानी गराउने पहल समेत गाउँपालिकाले गरेको छैन । गाउँमा उत्पादित अन्न सकिएको र डिपोमा पनि चामल नहुँदा स्थानीय समस्यामा परेका छन् । ‘सरकारी डिपोमा चामल छैन गाउँघरमा अन्न अभाव छ, कसरी भोकमरी छल्ने ?’ बारेकोट वडा नं २ का दल बहादुर थापाले गुनासो गरे । ‘गाउँमा सरसापट ऐंचोपैंचो गर्ने अवस्था पनि छैन काम र मामको खोजीमा कोही कलापार जान्छन् त कोही सहर लाग्छन्,’ थापाले भने ।

यातायात सुविधा नपुगेको बारेकोटका स्थानीय बजारमा समेत प्रशस्त खाद्य सामग्री नपाउने अवस्था छ । बारेकोटबाट यातायात सेवा भेटाउन एक दिन पैदल हिँड्नु पर्छ । ढुवानी समस्याले निजी क्षेत्रका व्यापारीले बिक्रीका लागि खाद्यान्न नराख्ने, गाउँमा उत्पादन भएको अन्न पुसमै सकिएको र डिपोमा समेत खाद्यान्न नभएपछि बारेकोटमा खाद्य संकट परेको हो । ‘खाद्य डिपोमा चामल भया केही राहत हुन्थ्यो, गाउँमा किनेर खाने अन्न पाइँदैन, कहाँ गएर खाद्यान्नको जोहो गरौं, टाढा जाने पैसा नाइँ,’ बारेकोट–५ का दलजित सार्कीले पीडा सुनाउँदै भने ।
राजधानीबाट

Logo