काठमाडौं
गृहमन्त्री राम बहादुर थापाले भ्रष्टाचारलाई जरै देखि उखेलेर नफाले सम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् । "/>

भ्रष्टाचार, घूसखोरी, नातावाद र कृपावाद नेपालमा अब चल्दैन : गृहमन्त्री

भ्रष्टाचार, घूसखोरी, नातावाद र कृपावाद नेपालमा अब चल्दैन : गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
गृहमन्त्री राम बहादुर थापाले भ्रष्टाचारलाई जरै देखि उखेलेर नफाले सम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।नेपाल मगर संघको ३६ औँ स्थापना दिवस तथा २६ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकमा शान्ति र सुशासन कायम नगरे सम्म मुलुक समृद्ध हुन नसक्ने बताए । भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन, उनले भने ।

गृहमन्त्री थापाले विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान गर्न आर्थिक विकास र समृद्धि आवश्यक रहेको भन्दै दिगो शान्ति र आर्थिक विकासका लागि वर्तमान सरकार लाग्ने बताए । मगर समुदायबाट गृहमन्त्री बन्नु भएका थापाले मुलुक निर्माणका लागि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यबाट मगर समुदायले सोचे जस्तो अधिकार पाउन नसकेको उल्लेख गरे । राज्यको नेतृत्व तहमा मगर समुदायले केही अधिकार पाए पनि अरू स्थानमा अधिकार कम छ, उनले भने ।
अन्नपूर्णबाट

Logo