काठमाडौँ
भूकम्पले भत्किएका १ लाख २ सय ३६ घर पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले थप ३ लाख ३२ हजार ३२१ घर पुनःनिर्माण भइरहेको जानकारी गराए । "/>

भूकम्पले भत्किएका १ लाख २३६ घरको पुनःनिर्माण सकियो

भूकम्पले भत्किएका १ लाख २३६ घरको पुनःनिर्माण सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
भूकम्पले भत्किएका १ लाख २ सय ३६ घर पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले थप ३ लाख ३२ हजार ३२१ घर पुनःनिर्माण भइरहेको जानकारी गराए । प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा ७० प्रतिशत भन्दा बढी काम सकिएको दाबी गरेको छ । प्राधिकरणका अनुसार भूकम्प अतिप्रभावित ६ लाख ६७ हजार ६ सय ६२ परिवार छन् । त्यसमध्ये ६ लाख १० हजार ५ सय परिवारले अनुदान लिनको लागि सम्झौता गरिसकेका छन् ।

पाँच वर्षको कार्यादेश सहित सरकारले ०७२ पुस १२ गते प्राधिकरणको स्थापना गरेको थियो । प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई प्राथमिकतामा दिइएको जनाएको छ ।
कम प्रभावित जिल्लामा पछि थपिएका १ लाख ४३ हजार भूकम्पपीडित परिवार रहेको उनले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

Logo