दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ वइरीका मोहन वाग्ले केहि बर्ष अगाडी विदेश हानिए । स्थानीय स्तरमा आम्दानीको स्रोत नदेखे पछि पैसा कमाउने रहरमा विदेश हानिएका वाग्ले १८ महिना खाडी मुलुकमै रुमलिए । विदेश गएर आम्दानी गर्ने र घर परिवारको आवश्यकताहरु पुरा गर्ने मनसायले खाडी मुलुकमा पुगेका वाग्ले १८ महिना नवित्दै घर फर्कीए । विदेशको दुःख भन्दा गाउँमै व्यवसाय संचालन गर्ने सोच राखेर घर फर्कीएका वाग्ले केहि समय रनभुल्लमा परे । कुन व्यवसाय संचालन गर्दा राम्रो आम्दानी हुन्छ भनेर सोच्दा सोच्दै बर्ष कट्यो, उनले भने ‘एक बर्ष सम्म त कुन व्यवसाय संचालन गर्ने भनेर अन्योलमै बसे ।’
उनले बाख्रा पालन गरेर राम्रो आम्दानी हुने देखिए पछि आफ्नै लगानीमा बाख्राको खोर बनाए । उनलाई जिल्लामा संचालन भएको कृषि तथा खाद्य सुरक्षा आयोजनाले व्यवसाय संचालन गर्नका लागि सहयोग पनि दियो । खोर निर्माणका लागि ५० हजार, उन्नत जातको बोका खरिदका लागि १५ हजार र औषधी व्यवस्थापनका लागि २० हजार बराबरको सहयोग गरेपछि उनलाई झनै सहयोग पुग्यो । उनको खोरमा अहिले साना ठुला गरेर २८ वटा बाख्रा छन् । उनि जस्तै रहरै रहरमा विदेश हानिएका दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ वइरीका मोहन वाग्ले पनि अहिले बाख्रा पालन व्यवसायमै छन् । कमाउन बिदेश गएका डुङ्गेश्वर गाउँपालिका ६ का दुई जना पौरखी यूवाहरु मोहन वाग्ले र डम्वर वाग्ले बिदेशमा दुःख गर्नु भन्दा गाउँमै दुःख गरे राम्रो आम्दानी हुने भन्दै उन्नत बाख्रा पालनमा होमिएका हुन् ।
जिल्ला पशुसेवा कार्यालय दैलेखद्धारा संचालित कृषि तथा खाद्य सुरक्षा आयोजनाले बाख्रा मिसन कार्यक्रम अन्तरगत मेहनती र पौरखी किसानहरुलाई उन्नत खोर, डिप ट्याँकी र बोका खरिदका लागि सहयोग प्रदान गरेको जिल्ला पशु सेवा कार्यालय दैलेखका प्रमुख डा। शितलवावु श्रेष्ठले बताए । कृषि तथा खाद्य सुरक्षा आयोजनाका जिल्ला प्राविधिक अधिकृत मुकेश पंजियारका अनुसार बाख्रा पालन गर्ने कृषकहरुले उन्नत जातको बोयर बाख्रा उत्पादनका लागि कृतिम गर्भाधानको समेत व्यवस्थापन गरिएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया