सप्तरी

नेपाल–भारतका तस्कर र सुरक्षाकर्मीहरुको मिलेमतोमा सिमा क्षेत्रको सुरक्षा ब्यवस्था फितलो बनाई सप्तरी स्थितका सिमा–नाकाहरुबाट खुल्लेआम करोडौं मूल्य बराबरको विभिन्न मालसमानको तस्करी भईरहेको छ । "/>

सप्तरीका विभिन्न नाकाबाट करौंडोको तस्करी : प्रशासन मौन

सप्तरीका विभिन्न नाकाबाट करौंडोको तस्करी : प्रशासन मौन

केन्द्रबिन्दु
0
Shares

सप्तरी

नेपाल–भारतका तस्कर र सुरक्षाकर्मीहरुको मिलेमतोमा सिमा क्षेत्रको सुरक्षा ब्यवस्था फितलो बनाई सप्तरी स्थितका सिमा–नाकाहरुबाट खुल्लेआम करोडौं मूल्य बराबरको विभिन्न मालसमानको तस्करी भईरहेको छ । सिमा–नाकाहरुबाट खासगरी नेपाल तथा चिनमा उत्पादन हुने स्याउ, तेश्रो मुलुकबाट आउने सुपारी, नेपालमै अवैद्य ढंगबाट उत्पादन हुने लागुऔषध गाँजाको तस्करी बढी मात्रामा भईरहेको हो ।

सप्तरी स्थित पातो नाकाबाट सुपारी, कुनौली नाकाबाट स्याउ र भारदहस्थित कोसी नदीबाट अवैद्य गाँजाको तस्करी भईरहेको छ । तेश्रो मुलुकबाट नेपाल निर्यात हुने सुपारी साताब्यापी रुपमा एक ट्रक पातो नाकाबाट भारतीय बजारमा तस्करी भईरहेको हो । नेपाली बजार भन्दा भारतीय बजारमा सुपारी १ सय ५० रुपैयाँ नेपाली प्रतिकिलोमा बढी पदर्छ । एक ट्रकमा पन्ध्र हजार किलो सुपारी लोड भएको हुन्छ र प्रतिकिलोमा १ सय ५० रुपैयाँ भारतीय बजारमा बढी हुने गरेकाले एक ट्रकमा झण्डै २२ लाख ५० हजार बराबरको कमाई तस्करलाई हुन्छ ।

यही पैसामा तस्करले आफ्नो कमाईसँगै नेपाली–भारतीय सुरक्षाकर्मीहरुलाई समेत मिलाईएको श्रोतको दाबी छ । यस्तै महिनामा दुई–तीन पटक गाँजाको तस्करी कोसी नदीबाट हुने गरेको छ । पहाडी जिल्लाहरु भोजपुर, खोटाङ्ग तथा रुकुममा उत्पादन हुने गाँजाको मोल त्यहाँ प्रतिकिलो २ हजार पर्छ । तर सोही गाँजा नेपाली तस्करले भारदहस्थित कोसी नदीसम्म ल्याई प्रतिकिलो १० हजार रुपैयाँमा भारतीय तस्करको जिम्मा लगाउने गरेका छन् । बिहारमा मदिरा बन्द भएपछि गाजाँको माग बढ्दो छ ।
नयाँपत्रिकाबाट

Logo