काठमाडौं
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा हिजो दिउँसो एक घण्टा पराजुली विरुद्ध प्रदर्शन गरिएको थियो । "/>

प्रधानन्यायाधीश विरुद्ध माइतीघरमा प्रदर्शन यस्तो

प्रधानन्यायाधीश विरुद्ध माइतीघरमा प्रदर्शन यस्तो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा हिजो दिउँसो एक घण्टा पराजुली विरुद्ध प्रदर्शन गरिएको थियो । ‘माफियालाई कर छुट, गोपाल श्रीमानको ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ न्याय भयो चिटिङ’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनकारीहरुले प्रधानन्यायाधीश विरुद्ध प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा डा. गोविन्द केसीले जनताको आस्थाको केन्द्र न्यायालय नै भ्रष्टाचारको चङ्गुलमा परेको आरोप लगाउँदै प्रधानन्यायाधीश पराजुली विरुद्ध आन्दोलन गरिएको बताए ।

केसीले प्रधानन्यायाधीश पराजुलीलाई समय सीमा भन्दा पहिले नै पद छोड्न बाध्य पार्ने उल्लेख गरे । कार्यक्रममा विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले प्रधानन्यायाधीश पराजुली विरुद्ध मात्र नभएर सिंगो भ्रष्टाचार विरुद्ध आन्दोलन गरिएको बताइन् । कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोष गिरी लगायतले सत्तामा बसेर भ्रष्टाचार गर्ने परम्पराको अन्त्य हुनु पर्ने बताए ।
रासस

Logo