काठमाडौं
राष्ट्रिय गौरवको अयोजनाका रुपमा रहेको पेट्रोलियम पाइपलाइनका लागि १५ किलोमिटर पाइप नेपाल भित्रिएको छ । रक्सौल देखि अमलेखगन्ज सम्मको पेट्रोलियम पाइपलाइन निर्माणका लागि १५ किलोमिटर सम्म पुग्ने पाइप नेपाल भित्रिएको हो । "/>

पेट्रोलियम पाइपलाइनको काम तिव्र : १५ किलोमिटर पाइप नेपाल भित्रियो

पेट्रोलियम पाइपलाइनको काम तिव्र : १५ किलोमिटर पाइप नेपाल भित्रियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
राष्ट्रिय गौरवको अयोजनाका रुपमा रहेको पेट्रोलियम पाइपलाइनका लागि १५ किलोमिटर पाइप नेपाल भित्रिएको छ । रक्सौल देखि अमलेखगन्ज सम्मको पेट्रोलियम पाइपलाइन निर्माणका लागि १५ किलोमिटर सम्म पुग्ने पाइप नेपाल भित्रिएको हो । नेपाल आयल निगम र भारतीय ओइल कर्पोरेसन बीच काम सुरु गरेको ३० महिना भित्रमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको ३० महिना बितिसकेपछि १५ किलोमिटर पाइप नेपाल भित्रिएको नेपाल आयल निगमले जानकारी दिएको हो ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले नेपाल र भारत बीच पेट्रोलियम आपूर्ति सहज बनाउनका लागि निर्माण गर्न लागिएको पेट्रोलियम पाइपलाइन आयोजना निर्माणका लागि १५ किलोमिटर मात्रै पाइप नेपाल भित्रिएको जानकारी दिए । ‘पाइपलाइनको काम अघि बढिरहेको छ’ उनले भने, ‘लगभग १४ देखि १५ किलोमिटर पुग्ने गरी पाइप नेपाल भित्रिसकेको छ ।’ उनका अनुसार सो पाइपलाइन आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरण समेत नेपाल भित्रिरहेका छन् । यसरी भारतबाटै नेपाल भित्रिएका उपकरण भने पाइपलाइन निर्माणको कार्य सकेपछि भारततर्फ नै फिर्ता जाने प्रवक्ता गोइतको भनार्इ थियो ।

रक्सौल देखि अमलेगन्ज सम्मको पाइपलाइनलाई पछिल्लो समय मोतिहारी देखि चितवन सम्म नै पु¥याइने सम्झौता भइसकेको छ । पाइपलाइन निर्माणपछि हाल ट्यांकरबाट ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ अमलेखगन्ज सम्म पाइपलाइन हुँदै आयात हुने निगमको दाबी छ । रक्सौलबाट अमलेखगन्ज सम्म पाइपलाइन मार्फत प्रतिघन्टा ३ हजार किलोलिटरका दरले पेट्रोलियम पदार्थ आउने र ट्यांकरको भन्दा सस्तो समेत हुने निगमका अधिकारीले बताएका छन् । निगमका अनुसार अहिले करिब १६ सय वटा भन्दा बढी ट्यांकरले इन्धन ढुवानी गर्दै आएका छन् । पाइपलाइन परियोजना निर्माणका लागि २ अर्ब ७५ करोड भारतीय रुपैयाँ लागत लाग्ने भए पनि पाइपलाइन निर्माण कार्यको ढिलाइले लागत बढ्न सक्ने कतिपयको आंकलन छ । लागतको ७५ प्रतिशत रकम भारत सरकार र २५ प्रतिशत नेपाल स्वयंले बेहोर्ने गरी भारतसँग सम्झौता भएको थियो । पाइपलाइन वीरगन्ज हुँदै पथलैया सडकको किनारै किनार भएर अमलेखगन्ज ल्याइनेछ ।
राजधानीबाट

Logo