प्रधानमन्त्रीको निर्देशन- ‘कर्मचारीलाई विदेश भ्रमणमा रोक’

प्रधानमन्त्रीको निर्देशन- ‘कर्मचारीलाई विदेश भ्रमणमा रोक’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । अर्थ मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाएको छ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएपछि अर्थ मन्त्रालयको प्रशासन महाशाखाले सबै प्रकारका विदेश भ्रमण स्थगित गर्न निर्देशन दिएको हो  ।

सरकारले सम्पूर्ण अध्ययन अवलोकन भ्रमण र यस अघि स्वीकृत भईसकेका भ्रमण समेत स्थगित गर्न निर्देशन दिएको हो  । यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिव ३ सय ५० सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको छ । कर्मचारी विदेश भ्रमणमा नजाने भएपछि राज्य ढकुटीमा करिब २१ करोड रुपैयाँ जोगिएको छ ।

Logo