काठमाडौं
विषादीयुक्त भारतीय तरकारी आयात नियन्त्रण गर्न सरकारले सातै प्रदेशका नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने भएको छ । वाणिज्य मन्त्रालयमा बिहीबार बसेको सरोकारवाला मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो। वाणिज्य मन्त्रालयले तरकारीको गुणस्तरलाई ध्यानमा दिँदै सचिव चन्द्रकुमार घिमिरेको अध्यक्षतामा बिहीबार सरोकारवाला निकाय सहितको बैठक राखेको थियो ।
बैठकमा अर्थ र कृषि विकास मन्त्रालय, भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारी सहभागी थिए । बैठकले भारत लगायत तेस्रो मुलुकबाट आयात हुने विषादी तथा आर्सेनिकयुक्त तरकारी, फलफूल, खाद्यान्न बीउबिजन, पशुपक्षीको गुणस्तर परीक्षण तथा नियमन गर्न सात वटै प्रदेशमा अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने लगायत चारबुँदे निर्णय गरेको हो ।
सके सम्म नाका नजिकै र नभए सुविधा भएको स्थानमा यस्ता प्रयोगशाला निर्माण गर्ने निर्णय गरिएको छ । नाकामा प्रयोगशाला तोक्दा वा निर्माण गर्दा अत्यावश्यक भौतिक पूर्वाधार, जनशक्ति र परीक्षणमा लाग्ने समयलाई ध्यानमा राखेर प्रविधियुक्त नाकाको व्यवस्था गर्ने जिम्मेवारी कृषि विकास र पशुपक्षी मन्त्रालयलाई दिइएको छ । प्रत्येक मुलुकमा तरकारी, फलफूल, पशुपक्षी र खाद्यपदार्थ आयात गर्दा नाका र भन्सार बिन्दुमै परीक्षण गर्ने व्यवस्था हुन्छ। नेपालमा यस्तो व्यवस्था छैन ।
अन्नपूर्णबाट





























प्रतिक्रिया