काठमाडौं
संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउने भएका छन् । "/>

संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने

संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई छुट्टाछुट्टै ज्येष्ठ सदस्यले शपथ गराउने भएका छन् । ज्येष्ठ सदस्यहरु प्रतिनिधिसभाका ८० वर्षीय महेन्द्र राय यादव र राष्ट्रियसभाकी ६९ वर्षीया तारादेवी भट्टले शपथ गराउने संसद सचिवालयका सहप्रवक्ता केशवराज अर्यालले जानकारी दिए । निर्वाचन आयोगले पठाएको सूची र सांसदको जन्ममिति सम्बन्धी कागजातलाई आधार मानेर यादव र भट्टले नै शपथ खुवाउने निर्णय भएको बताइएको छ । प्रतिनिधिसभाका कूल २७५ सदस्य मध्ये राजपाबाट निर्वा्चित सर्लाही–२ का यादव र ५९ सदस्यीय राष्ट्रियसभामा काँग्रेसकी भट्ट ज्येष्ठ देखिएका छन् । ज्येष्ठ सदस्य दुवैलाई राष्ट्रपतिले राष्ट्रपति कार्यालयमा शपथ खुवाएपछि मात्रै उनिहरुले अन्य सदस्यलाई शपथ खुवाउने छन् ।

निर्वाचन नभए सम्म यादवले सभामुख र भट्टले राष्ट्रियसभा अध्यक्षका रुपमा जिम्मेवारी लिनेछन् । शपथ कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा फागुन २० गते हुने तय भएको छ । प्रतिनिधिसभाका सदस्यलाई अपराह्न ४ः०० र राष्ट्रियसभाका सदस्यलाई ५ः०० बजे शपथ गराइने समय तोकिएको छ । सरकारको सिफारिशमा राष्ट्रपतिले फागुन २१ गते अपराह्न ४ः०० बजे संघीय संसद्को अधिवेशन आह्वान गरिसकेकी छिन् ।
रासस

Logo