रुपन्देही
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय अनिवार्य स्थापना गर्नु पर्ने बताएका छन् । "/>

राष्ट्रपतिले कदम नसच्याए कडा आन्दोलन : नैनसिंह महर

राष्ट्रपतिले कदम नसच्याए कडा आन्दोलन : नैनसिंह महर

केन्द्रबिन्दु
0
Shares

रुपन्देही
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय अनिवार्य स्थापना गर्नु पर्ने बताएका छन् । अध्ययन गरिसकेपछि आफूले लिएको शिक्षा व्यवहारिक हुनु पर्ने बताउँदै उनले त्यसका लागि सबै स्थानीय तहमा प्राविधिक शिक्षालय अपरिहार्य रहेको बताए । नेपाल विद्यार्थी संघले लिएको खुल्ला विश्व विद्यालयको अवधारणा अहिले कार्यान्वयन तहमा प्रवेश गरेको जानकारी गराउँदै उनले नेपाल विद्यार्थी संघ विद्यार्थीका हक–अधिकार संगै भविश्यको समेत आँकलन गरेर अगाडी बढ्ने वताए ।

फरक प्रसंगमा उनले पूर्ववर्ती सरकारले निर्णय गरेर राष्ट्रिय सभामा सिफारिस गरेका तीन जनालाई फिर्ता गराउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको बिरोध गरे । राष्ट्रिय सभामा तीन जना मनोनित गर्ने अधिकार पूर्ववर्ती सरकारलाई रहेको बताउँदै उनले राष्ट्रपतिले उक्त कदम नसच्याए सुरु गरेको आन्दोलन नरोकिने चेतावनी दिए ।

नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसले सञ्चालन गरेको क्याम्पस स्तरीय बिपि कप क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले विद्यार्थीले प्रमाणपत्र धितो राखेर थप अध्ययन गर्न पाउनु पर्ने, बिद्यार्थीलाई निशुल्क स्वास्थ्य बिमा हुनु पर्ने लगायतका माग गरे ।
हिमालय टाइम्सबाट

Logo