काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि दोस्रो र तेस्रो किस्ता दाबी गर्ने सेवाग्राहीको संख्या बढेको जनाएको छ । "/>

पूर्ननिर्माणमा तिब्रता : हाल सम्म १ लाख निजी आवास निर्माण

पूर्ननिर्माणमा तिब्रता : हाल सम्म १ लाख निजी आवास निर्माण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि दोस्रो र तेस्रो किस्ता दाबी गर्ने सेवाग्राहीको संख्या बढेको जनाएको छ । प्राधिकरणका अनुसार हाल सम्म एक लाख निजी आवास पुनःनिर्माण भइसकेका छन् । सवा तीन लाख घर पुनःनिर्माण शुरु भएको छ । सात लाख ६७ हजार लाभग्राही प्रमाणीकरण भएकामा एक लाखले अनुदान सम्झौता गरेका छैनन् ।

आवास पुनःनिर्माणका लागि जग्गा नभएका र अन्यत्र आवास भएका लाभग्राही अनुदान सम्झौता गर्न गएका छैनन । अर्को निजी आवास भई अनुदान सम्झौता गरेका केही लाभग्राहीले अनुदान रकम फिर्ता गर्न थालेका छन् । बढीमा साँढे ६ लाख घर बन्ने प्रारम्भिक अनुमान गरिएको सहायक प्रवक्ता यमलाल भुसालले बताए ।

दाता सम्मेलनमा पुनःनिर्माणका लागि चार खर्ब १० अर्ब सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएकामा हालसम्म तीन खर्ब ३६ अर्बको सम्झौता भइसकेको छ । पुनःनिर्माणका लागि आवश्यक पर्ने थप बजेट जुटाउन आगामी आर्थिक वर्षको शुरुमै अर्को दाता सम्मेलन गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo