काठमाडौं
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मिति माथि प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् । "/>

केसीद्धारा आफ्नो जन्ममितिमा गल्ती भएको स्वीकार

केसीद्धारा आफ्नो जन्ममितिमा गल्ती भएको स्वीकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मिति माथि प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् । उनले आफ्नो जन्ममिति फरक भएको स्विकार गरेका छन् । डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक फरक जन्म मिति भेटिएको हो । नागरिकतामा डा केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ ।

यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ । आफ्नो जन्ममितिलाई लिएर विवाद भएपछि डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर त्रुटी स्वीकार गरेका हुन् । प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा फरक जन्ममिति हुन पुगेको उनले बताए । उनले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिमा मानवीय त्रुटी भएको बताएका छन् ।
आर्थिक दैनिकबाट

Logo