काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । पार्टी एकीकरण गर्न माओवादीसँग सहमति भएसँगै उनले मन्त्रिपरिषद विस्तारको तयारी अघि बढाएका हुन् । "/>

आज मन्त्रिपरिषद विस्तारको तयारी : को को पर्दैछन् (सूचि सहित)

आज मन्त्रिपरिषद विस्तारको तयारी : को को पर्दैछन् (सूचि सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । पार्टी एकीकरण गर्न माओवादीसँग सहमति भएसँगै उनले मन्त्रिपरिषद विस्तारको तयारी अघि बढाएका हुन् । एमाले सचिव प्रदीप ज्ञवालीले बुधबार (आज) मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको बताए । आज मन्त्रिपरिषद विस्तार हुन्छ, सरकारले छिटै पूर्णता पाउँछ,’ ज्ञवालीले भने ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार एमालेबाट महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली सहित केहीलाई मन्त्री बनाउने तयारी भइरहेको छ । पोखरेल र ज्ञवालीलाई परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय मध्येबाट जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ । मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्ड र पार्टीका नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । एमालेमा ३० जना भन्दा बढी मन्त्रीको दौडमा छन् तर माओवादी सहित मिलाएर २५ जनालाई मात्र अटाउनु पर्ने बाध्यता प्रधानमन्त्रीलाई छ ।

एमालेबाट चर्चामा भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, रघुवीर महासेठ, सुमन प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, शेर बहादुर तामाङ, पार्वत गुरुङ, गोकुल बाँस्कोटा, रामवीर मानन्धर, जगत विश्वकर्मा, पद्मा अर्याल, धनबहादुर बुढा, नवराज रावत, प्रेम आले, गणेश सिंह ठगुन्ना लगायतका रहेका छन् । भने माओवादीबाट सम्भावित मन्त्रीको चर्चामा रामबहादुर थापा बादल, वर्षमान पुन, देव गुरुङ, मातृका यादव, जनार्दन शर्मा, अग्नि सापकोटा, पम्फा भुसाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ, हरिबोल गजुरेल, लेखराज भट्ट लगायतका छन् ।
नयाँपत्रिकाबाट

Logo