गुण्डा नाइके मनोज पुनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका पुनलाई सिआइबीको टोलीले भारतको गोवाबाट नियन्त्रणमा लिएको जनाएको छ । "/>

गुण्डा नाइके मनोज पुन पक्राउ

गुण्डा नाइके मनोज पुन पक्राउ

केन्द्रबिन्दु
0
Shares

गुण्डा नाइके मनोज पुनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका पुनलाई सिआइबीको टोलीले भारतको गोवाबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार हत्या, चन्दाअसुली लगायतमा संलग्न पुनलाई केन्द्रीय अनुसन्धान व्यूरोको टालीले भारतको गोवाबाट ६ गते नियन्त्रणमा लिएको हो ।

पुनले रुपन्दैहीमा दुई व्यवसायीको हत्या गरेका थिए । त्यस्तै उनले काठमाडौंका समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको समेत जिम्मा लिएका थिए ।

Logo