काठमाडौं

सरकारद्धारा विराटनगरबाट गिरफ्तार आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै विप्लव नेतृत्वको माओवादीले भोलि फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । "/>

गिरफ्तार कार्यकर्ता रिहाईको माग गर्दै विप्लवद्वारा भोलि नेपाल बन्दको आव्हान

गिरफ्तार कार्यकर्ता रिहाईको माग गर्दै विप्लवद्वारा भोलि नेपाल बन्दको आव्हान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारद्धारा विराटनगरबाट गिरफ्तार आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै विप्लव नेतृत्वको माओवादीले भोलि फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ती जारी गर्दै भर्खरै गठन भएको ओली नेतृत्वको सरकारले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई बिनाकारण गिरफ्तार गरेको भन्दै बन्दको आव्हान गरेको जनाएका हुन् ।

हिजो विराटनगरबाट सो पार्टीका स्थायी समिती सदस्य सुर्दशन लगायतका नेता तथा कार्यकर्तालाई प्रहरीले एक कार्यक्रमबाटै पक्राउ गरेको थियो । सो गिरफ्तारीको विरोध गर्दै तत्काल रिहा गर्न पनि सरकारसँग विप्लवको माग छ । ओली सरकारको चर्को आलोचना गर्दै सो संगठनले सरकारको दिनगन्ती शुरु भएको चेतावनी दिएको पनि विज्ञप्तीमा उल्लेख छ ।

 

Logo