काठमाडौँ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको संसदीय दलको नेतामा चुनिएका छन् । "/>

अध्यक्ष दाहाल संसदीय दलका नेतामा सर्वसम्मत

अध्यक्ष दाहाल संसदीय दलका नेतामा सर्वसम्मत

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको संसदीय दलको नेतामा चुनिएका छन् । माओवादी केन्द्र संसदीय दलको हिजो बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने निर्णय गरेको छ । सो अवसरमा प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित हुने सांसदलाई अध्यक्ष दाहालले प्रमाणपत्र प्रदान गरेका थिए ।
रासस

Logo