काठमाडौँ
निर्वाचन आयोगले फागुन ७ गते सोमबार निर्वाचन दिवस भव्य रुपमा मनाउने भएको छ । मुलुकको राजनीतिक र संवैधानिक संक्रमणलाई शीघ्र अन्त्य गर्ने सन्दर्भमा एक वर्ष भित्र चार वटा महत्वपूर्ण निर्वाचन गराएर स्यावासी पाएको आयोग निर्वाचनकै क्रममा दिवस मनाउन लागेको हो । "/>

भोलि निर्वाचन दिवस भव्य रुपमा मनाइने

भोलि निर्वाचन दिवस भव्य रुपमा मनाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
निर्वाचन आयोगले फागुन ७ गते सोमबार निर्वाचन दिवस भव्य रुपमा मनाउने भएको छ । मुलुकको राजनीतिक र संवैधानिक संक्रमणलाई शीघ्र अन्त्य गर्ने सन्दर्भमा एक वर्ष भित्र चार वटा महत्वपूर्ण निर्वाचन गराएर स्यावासी पाएको आयोग निर्वाचनकै क्रममा दिवस मनाउन लागेको हो ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक पूरा गरी आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीमा जुटिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फागुन ७ गते मूल समारोह सहित तीन दिन सम्म विविध कार्यक्रम गरी निर्वाचन दिवस भव्यरुपमा मनाउन लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

वि.सं. ०१५ मा पहिलो संसदीय निर्वाचन शुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्ष देखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको छ । ‘स्वच्छ र स्वतन्त्र निर्वाचन’ विषयको अन्तरक्रिया, निर्वाचनमा समावेशीता विषयक परिसंवाद, निर्वाचन परिणाम पुस्तिका प्रकाशन, प्रभातफेरी देखि रक्तदान हुँदै कृति वाचन सम्मका कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।
रासस

Logo