काठमाडौँ
प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशन प्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’ को खिल्ली उड्ने निष्कर्ष कांग्रेसको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार यस विषयमा आफू नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका यज्ञबहादुर थापाअलगायतका नेताहरूसँग अनौपचारिक छलफल गरेका छन् । थापाले अघिल्लो सरकारले गरेका निर्णय राजनीतिक पूर्वाग्रहका आधारमा उल्ट्याइए त्यसले ‘क्याबिनेट सिस्टम’ को नै धज्जी उड्ने बताए ।
‘हाम्रो सरकारले गरेका निर्णय संविधान र कानुन सम्मत छन् । नयाँ सरकारका लागि राजनीतिक सम्मत मात्र नभएका हुन्,’ उनले भने, ‘राजनीतिक पूर्वाग्रह राखेर चुनाव भइसकेपछि किन निर्णय गरेको भनेर उल्ट्याउन त सक्नु हुन्छ । तर यसले ‘क्याबिनेट सिस्टम’मा नकारात्मक असर पार्छ । एउटा सरकारले गरेको निर्णय अर्को सरकार आएर उल्ट्याउने संस्कृतिको विकास हुन्छ ।’ प्रधानमन्त्रीको पदभार सम्हाले लगत्तै ओलीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्वाचन पछिका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया