काठमाडौँ
अस्पताल र शिक्षण संस्था वरपर ग्यारेज वा वर्कसप राख्न नपाइने भएको छ । ग्यारेज र वर्कसपलाई नियमन गर्न सरकारले ल्याउन लागेको निर्देशिका जस्ताको त्यस्तै कार्यान्वयनमा आए अस्पताल र शैक्षिक संस्था वरपर अब यस्ता व्यवसाय गर्न पाइने छैन । "/>

अब अस्पताल र स्कुल वरपर ग्यारेज राख्न नपाइने

अब अस्पताल र स्कुल वरपर ग्यारेज राख्न नपाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
अस्पताल र शिक्षण संस्था वरपर ग्यारेज वा वर्कसप राख्न नपाइने भएको छ । ग्यारेज र वर्कसपलाई नियमन गर्न सरकारले ल्याउन लागेको निर्देशिका जस्ताको त्यस्तै कार्यान्वयनमा आए अस्पताल र शैक्षिक संस्था वरपर अब यस्ता व्यवसाय गर्न पाइने छैन । सवारी साधन मर्मतसम्भार गर्न सञ्चालित यस्ता व्यवसायलाई नियमन गर्न सरकारले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका– ०७४’ तयार पारेको हो । निर्देशिकाको मस्यौदामा अस्पताल र शैक्षिक संस्थाको दुई सय मिटर वरपर वर्कसप र ग्यारेज सञ्चालन गर्न नपाइने उल्लेख छ ।

यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको छ । सवारी तथा यातायात व्यवस्था ऐन– २०४९ को दफा १५९ ले दिएको प्रावधान अनुसार निर्देशिका बनाइएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए । ‘उपत्यकाका वर्कसप तथा कारखाना अव्यवस्थित रूपमा चलिरहेकाले व्यवस्थित गर्न निर्देशिका ल्याएका हौँ,’ उनले भने, ‘अस्पताल र शिक्षण संस्था नजिकै भएका वर्कसप तथा कारखानाले नकारात्मक असर पारिरहेका छन्, त्यसको नियन्त्रण गर्न लागिएको हो ।’ उनले मन्त्रालयले स्वीकृत गर्ने बित्तिकै निर्देशिका कार्यान्वयनमा आउने बताए ।

निर्देशिकामा वर्कसप र कारखानाले मर्मत गर्ने बाहेकका सवारीसाधन राख्न नपाइने व्यवस्था गरिएको छ । यसैगरी कर्मचारी नियुक्ति तथा सुविधा नेपाल सरकारले जारी गरेको श्रम नीति तथा श्रम कानुन बमोजिम हुनु पर्ने व्यवस्था पनि निर्देशिकामा छ । कारखाना तथा वर्कसपमा बालश्रमलाई निषेध गरिएको छ । निर्देशिकामा वर्कसप सञ्चालकले कम्तीमा पाँच जना दक्ष प्राविधिक कामदार, एक जना मेकानिकल वा अटोमोबाइल इन्जिनियर राख्नु पर्ने प्रावधान छ । यसैगरी मर्मत गर्नका लागि पर्याप्त स्थान हुनुपर्ने, कम्तीमा १५ वर्ग मिटरको अफिस कोठा, ५० वर्ग मिटरको मर्मत सेड र १० वटा सवारीसाधन अट्न सक्ने व्यवस्था पनि निर्देशिकामा छ। कम्तीमा चार मिटर चौडाइको सडक भएको क्षेत्रमा मात्र यस्ता व्यवसाय खोल्न पाइने व्यवस्था उल्लेख गरिएको छ ।
नागरिकबाट

Logo