काठमाडाैं । फ्रुटीको बाकसभित्र लुकाएर ल्याएको गाँजासहित तीन जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले हेटोंडाको रातोमाटेबाट ६६ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा आईत लामा, राजकुमार चौधरी र निराज चौधरी छन्। ना ५ ख ७७०७ नम्बरको ट्रकमा लुकाएर उनीहरुले गाँजा तस्करी गर्न खोजेको मकवानपुरका डिएसपी दिलिपनाथ झाले बताए । पक्राउ परेका लामा तस्करीमा संलग्न व्यक्ति हुन् भने राजकुमार चालक र निराज सहचालक हुन्।





























प्रतिक्रिया