मन्त्रिपरिषद विस्तारसँगै एकता गृहकार्यमा ओली

मन्त्रिपरिषद विस्तारसँगै एकता गृहकार्यमा ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । एमाले अध्यक्ष समेत रहेका ओली सत्ता साझेदार माओवादी केन्द्रसँग छलफल गरी मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा जुटेका हुन् ।

माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएका एमाले अध्यक्ष ओलीले दुई पार्टी बीचको एकता प्रक्रियालाई समेत टुंगो लगाउने गरी अघि बढेका छन् । उनी सरकार निर्माणपछि एमाले र माओवादी केन्द्र बीच पार्टी एकता गर्ने पूर्वसहमति अनुसार मन्त्रिपरिषद विस्तार, पार्टी एकता लगायतका विषय टुंगो लगाउने आन्तरिक तयारीमा छन ।

नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले मन्त्रिपरिषद विस्तारसँगै पार्टी एकताको विषयमा छिट्टै टुंगो लाग्ने बताए । दुई दल बीच छलफल गरेर एक/दुई दिनमै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको मन्त्री पण्डितले बताए । ‘एक/दुई दिनमै मन्त्रिपरिषद विस्तार हुन्छ, एमाले र माओवादी बीच भइरहेको छलफल अनुसार माओवादी पनि छिट्टै सरकारमा सहभागी हुन्छ,’ पण्डितले भने, ‘मन्त्रिपरिषद विस्तारसँगै पार्टी एकताको घोषणा पनि चाँडै हुन्छ, छलफल अन्तिम चरणमा पुगेको छ ।’
राजधानीबाट

Logo